नेपालको पहिलो चार्टड एकाउण्टेन्ट तथा बिमा संस्थाको संस्थापक शर्माकाे निधन
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | १०:०४:०० मा प्रकाशित
सप्तरी । नेपालको पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) तथा पूर्व पर्यटनमन्त्री कुबेरप्रसाद शर्माको ८१ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ ।
उपचारको क्रममा रहेका शर्माको हृदयघात भई काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माको पुख्र्यौली घर सप्तरीको राजगढ गाउँपालिकास्थित नर्घो टोल हो ।
राजविराज नगरपालिका–३ मा समेत घर रहेको उनी बानेश्वर हाइट, काठमाडौंमा बस्दै आएका थिए । सन् १९३७ जुन १९ मा सप्तरीको नर्घोमा जन्मेका शर्माका श्रीमती र तीन छोरी छन् ।
बिकम र एफ.सिए. गरेका शर्मा नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन । उनको आज शनिवार अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस