स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ८८ जना संक्रमित थपिए, १३६ जना कोरोनामुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ८८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा संक्रमण उच्च विन्दुमा पुगेयता मृत्यु शून्य भएको यो नवौँपटक हो । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ छ ।

हाल देशभर एक हजार ५३५ जना आइसोलेसनमा र ७१ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता