काेराेना अपडेटः तीन जनाको मृत्यु, देशभर ६१ जना आईसियुमा १३को भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण बिहीबार, २०७७ | १६:३१:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमित तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको थियो ।
विगत २४ घण्टामा तीन हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकामा ९६ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ५०५ पुगेको छ ।
हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा एक हजार ६०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सप्तरीमा १, सर्लाहीमा ३, काठमाडौँमा ३०, चितवनमा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २, रामेछापमा १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन् ।
यस्तै कास्कीमा १९, गोरखामा १, नवलपरासीपुर्वमा १, पर्वतमा १, लमजुङमा २, स्याङ्जामा १, अर्घाखाँचीमा १, गुल्मीमा १, नवलपरासीमा १, पाल्पामा ४, बाँकेमा १, रुपन्देहीमा १, दैलेखका १, सुर्खेतका १ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस