राजनीति

पौडेलले डाकेको जिल्ला सभापतिको भेला स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको जिल्ला सभापतिको भेला स्थगित गरेका छन् ।

फागुन ७ गतेको लागि तोकिएको पार्टीको १४ औँ महाधिवेशन नहुने निश्चित भइसके पनि सभापति देउवाले पार्टीभित्र छलफल नगरेको भन्दै वरिष्ठ नेता पौडेलले बुधबार पार्टी कार्यालय सानेपामा सभापति भेला डाकेका थिए । 

सभापति देउवाले बुधबार नै केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि पौडल समूहको सभापति भेला स्थगित भएको हो ।      

गाउँ सहर संवाददाता