प्रेरणा

‘नयाँ विद्या सुरुवात गर्नको लागि सबैभन्दा उत्तम दिन बसन्त पञ्चमी’

काठमाडौँ । मंगलबार, ४ गते फाल्गुण माघ महिनाको शुक्ल पक्षको पञ्चमी हो । यो तिथीमा बसन्त पञ्चमी मनाइन्छ । मान्यतानुसार, यो दिन सरस्वती प्रकट भएकी थिइन् । यो तिथीलाई वागेश्वरी जयन्ती र श्रीपञ्चमीपनि भनिन्छ ।

ज्योतिषशास्त्रकानुसार, बसन्त पञ्चमीमा नयाँ विद्या सिक्न, नयाँ कोर्सको सुरुवात गर्नु उत्तम हुन्छ । यो तिथीमा सरस्वती देवीसँगै वीणाको पनि पूजा गर्नु पर्दछ ।

यदि तपाईं कुनै नयाँ विद्या सिक्न चाहनुहुन्छ भने मंगलबार सुरुवात गर्न सक्नुहुन्छ । विद्याको सुरुवात गर्नुपूर्व सरस्वतीको विशेष पूजा गर्नुहोला । माताको कृपाले विद्या या कोर्स चाँडै पूरा हुन सक्छ ।

मान्यतानुसार, जब ब्रम्हाले जब यो सृष्टिको रचना गरे, तब देवी माता अर्थात आद्यशक्तिले स्वयंलाई पाँच भागमा बाँडेका थिए । यी पाँच भाग अर्थात स्वरुप- राधा, पद्मा, सावित्रि, दूर्गा र सरस्वती हुन् । यी दैविय शक्ति भगवान कृष्णका विभिन्न अंगबाट प्रकट भएका थिए । सो समय भगवानको कण्ठबाट प्रकट भएकी देवी नै सरस्वती हुन् । भगवती सरस्वती सत्वगुण छिन् । सरस्वतीका अनेक नाम छन् । उनलाई वाक, वाणी, गिरा, भाषा, शारदा, वाचा, धीश्वरी, वाग्देवी आदि नामबाट समेत चिनिन्छ ।

देवी सरस्वती विद्याको देवी हुन् र विद्यालाई सबै प्रकारको धनमध्ये सर्वश्रेष्ठ मानिएको छ । विद्याले सबै सुख-सुविधा र धन-सम्पति प्राप्त गर्न सकिन्छ । जसबाट देवी सरस्वती प्रसन्न हुन्छिन उसलाई महालक्ष्मीको प्रसन्नता प्राप्त हुन्छ । यसकार सबै प्रकारको भौतिक सुख-सुविधा, धनको प्राप्ति विद्या प्राप्त गरेपछि नै हुने गर्दछ ।

महालक्ष्मीसँगै देवी सरस्वतीको पूजा यसकारण गरिन्छ । सरस्वतीबीना लक्ष्मीको कृपा प्राप्त हुँदैन । विद्याको उपयोग गरेर सहि बाटोबाट मात्र धन कमाउन सकिन्छ । यस्तो धनले मात्र सुख, शान्ति र समृद्धि प्रदान गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत