बिहीबार शेयरबजारकाे अवस्था यस्ताे रह्याे
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | १६:४५:०० मा प्रकाशित

काठमाडाैं । बुधबार सामान्य अंकले बढेकाे नेप्से परिसूचक बिहीबार (आज) घटेर बन्द भएको छ ।
बिहीबार नेप्से १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा पुगेको छ । यसदिन २०६ कम्पनीका १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा ७७ करोडले बढेको हो । बुधबार ७ अर्ब ६४ करोड बराबरको शेयर कारोबार भएको थियो ।
बुधबार शेयरबजार सकारात्मक भएर बन्द भएपछि लगानीकर्ताहरुले यस दिन पनि सकारात्मक हुने अपेक्षा गरेका थिए । कारोबार अवधिमा नेप्सेले पनि बारम्बार माथि उक्लिने प्रयास गरेको थियो तर, बजारमा बिक्रीकर्ताको चाप बढी भएको कारण उक्लिन सफल हुन सकेन ।
पछिल्लो समयमा बैंकिङ्ग समूहतर्फ लगानीकर्ताको ध्यान तानिएपनि आशा अनुरुप चलायमान हुन सकेको छैन् । बजार बाट बाहिरीएका लगानीकर्ताहरु बजार करेक्शनको पर्खाइमा रहेका छन् । बजार करेक्शन हुँदै अघि बढ्दै गरेको अस्वस्था रहेकाले पनि तत्काल बजारमा ठूलो गिरावट नआउने विश्लेषकहरुको अनुमान छ ।
यसदिन बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक बढेपनि अन्य उपसमूहका परिसूचक ओरालो लागेपछि नेप्से घट्न दबाब पुगेको हो ।
यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.६ प्रतिशत बढेको छ भने विकास बैंकको ०.७७ र म्युचुअल फण्डको ०.२२ प्रतिशत बढेको छ । कारोबारमा आएका लघुवित्त र होटल उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छा। त्यसैगरी, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छा।
बिहीबारको कारोबारमा डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै ५६ करोड बढीको शेयर किनबेच भयो । दोस्रोमा नबिल बैंकको ३८ करोड बढीको शेयर किनबेच भएको छ ।
यसदिन चन्द्रागिरी हिल्स, लुम्बिनी विकास, ज्योति विकास, अरुण काबेली लगायतको शेयर मूल्य उच्चदरले बढेको छ ।
कारोबारमा आएका सर्पोट माइक्रोफाइनान्स र डिप्रोक्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस