कुल रु.४१५ अर्ब ७५ करोड खर्च
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | ११:१४:०० मा प्रकाशित

काठमाडौँ । सरकारले पछिल्लो समय कुल रु.४१५ अर्ब ७५ करोड खर्च भएको बताएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित) ले यहि बताउँछ ।
नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ पुस मसान्तसम्ममा चालु खर्च रु.३४२ अर्ब ३६ करोड, पुँजीगत खर्च रु.५० अर्ब ८२ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.२२ अर्ब ५७ करोड गरी कुल रु.४१५ अर्ब ७५ करोड खर्च भएको छ ।
नेराबैंकानुसार, समीक्षा अवधिमा सरकारको कर राजश्व रु.३८६ अर्ब ५३ करोड र गैर कर राजश्व रु.३५ अर्ब ७० करोड गरी कुल राजश्व रु.४२२ अर्ब २४ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ ।
समीक्षा अवधिमा संघीय सरकारले रु.७ अर्बको ट्रेजरी विल र रु.५० अर्बको विकास ऋणपत्र गरी कुल रु.५७ अर्ब आन्तरिक ऋण परिचालन गरेको नेराबैंले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस