कुल रु.४१५ अर्ब ७५ करोड खर्च
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | ११:१४:०० मा प्रकाशित
काठमाडौँ । सरकारले पछिल्लो समय कुल रु.४१५ अर्ब ७५ करोड खर्च भएको बताएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको तथ्याङ्कमा आधारित) ले यहि बताउँछ ।
नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ पुस मसान्तसम्ममा चालु खर्च रु.३४२ अर्ब ३६ करोड, पुँजीगत खर्च रु.५० अर्ब ८२ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.२२ अर्ब ५७ करोड गरी कुल रु.४१५ अर्ब ७५ करोड खर्च भएको छ ।
नेराबैंकानुसार, समीक्षा अवधिमा सरकारको कर राजश्व रु.३८६ अर्ब ५३ करोड र गैर कर राजश्व रु.३५ अर्ब ७० करोड गरी कुल राजश्व रु.४२२ अर्ब २४ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ ।
समीक्षा अवधिमा संघीय सरकारले रु.७ अर्बको ट्रेजरी विल र रु.५० अर्बको विकास ऋणपत्र गरी कुल रु.५७ अर्ब आन्तरिक ऋण परिचालन गरेको नेराबैंले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस