कांग्रेस नेता गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन सिफारिस
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | ०८:२१:०० मा प्रकाशित

दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ ।
भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए।
गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो ।
‘जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौँ’, आलेले भने ।रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस