सिंहदरबारकाे नाकैमा अनेरास्ववियूकाे नारा : ‘केपी ओली वी हेट यू’ (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | १६:१३:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । नेकपा प्रचण्ड–माधव समहूको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध सिंहदरबार नजिकै प्रदर्शन गरेका छन् ।
आइतबार सिंहदरबार घेराउ गर्ने क्रममा सिंहदरबार नजिकैकाे अनामनगरस्थित हनुमानथान चाेकमा प्रधानमन्त्री केपी शर्मा ओलीबिरूद्ध चर्का नारा लगाएका हुन् । प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेको विरोध पत्रसहित अनेरास्ववियूले हनुमानस्थानमा प्रदर्शन गरेका हुन् ।
‘केपी ओली वी हेट यू’ जस्ता नारा लगाउँदै अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्दै सिंहदरबार घेराउ गरेका थिए ।
केही दिनअगाडि प्रधानमन्त्री ओलीका समर्थकले ‘केपी ओली, आई लभ यू’ नारा लगाएका थिए ।
उनीहरूले ‘दु:खी नेपाली अस्तव्यस्त नेपाल’ भन्दै विरोध पत्रमा लेखेका छन् । विरोध पत्र बुझ्न नमानेको भन्दै अनेरास्ववियूले सडकबाटै उक्त पत्र सार्वजनिक गरेको बताएका छन् ।
घेराउपछि अनेरास्ववियूका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले भने, ‘सरकारी तलबभत्ता र कर खाएर पार्टीको प्रचार गरेर हिड्ने प्रधानमन्त्री, मन्त्रीलाई जहाँ भेट्यो त्यही कारबाही गरौँ। सरकारी गाडीलाई निशेष गरौँ । केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएका छन् । उनी अहिले काठमाडौँको ढलभन्दा धेरै फोहोर राजनीति गर्ने एउटा दलाल हुन् ।’
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस