प्रतिगमनलाई जुत्ता हानेर अनेरास्ववियूकाे बिराेध (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- १० फाल्गुण सोमबार, २०७७ | १६:३०:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्ध अनेरास्ववियूले नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता हानेर बिराेध गरेकाे छ ।
साेमबार प्रचण्ड– नेपाल पक्षका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले संसदन विघटनको विरोध जनाएको हाे ।
.jpg)
नारायणहिटी संग्रहालयअघि प्रतिगमनको प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम गरिएको प्रचण्ड–माधव अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए । 'प्रतिगमनविरुद्धका चरणवद्ध कार्यक्रमअन्तर्गत प्रतीक बनाएर जुत्ता हानिएको हो', उनले भने, 'संसद् विघटन असंवैधानिक छ । कुनै पनि हालतमा हामीलाई स्वीकार्य छैन ।'
.jpg)
सत्ता टिकाउन नारायणहिटीअघि गरेको प्रपञ्चको विरोधमा अनेरास्ववियुले सांकेतिक कार्यक्रम गरेको उनले बताए । उनले प्रतिगमन देश र जनतालाई नचाहिएको र कुनै पनि मूल्यमा स्वीकार्य नभएको पनि बताए । संसद् विघटन गलत भएको र यसले राजनीति र व्यवस्थालाई असर पुर्याएको उनको भनाइ छ ।
.jpg)
'प्रतिगमनकारीलाई कानुनको पालना गर्न, जनताले दिएको जनमतको सम्मान गर्न, संवैधानिक गतिविधि नगर्न र जनताका पक्षमा काम गर्न त्यसका लागि प्रतिगमनका असफल मतियारहरूले पदबाट राजीनामा दिनका निम्ति आग्रह गर्न चाहन्छौँ,' उनले भने ।
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस