अनेरास्ववियूकाे लालटिन जुलुस : ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’
- गाउँ सहर संवाददाता
- २२ पौष बुधबार, २०७७ | १३:२६:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको संसद् भंग गर्ने निर्णयप्रति नेकपा (प्रचण्ड–माधव नेपाल) निकट अनेरास्ववियुले आज सडकमा लालटिन जुलुस निकालेको छ ।
प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेकपा समर्थित अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेको हो ।
जुलुसमा संविधानमा संसद् विघटन गर्ने धारा दिउँसै लालटिन बालेर खोज्दा पनि नदेखिएको भन्दै प्रधानमन्त्रीको कदमप्रति व्यंग्य गरिएको छ । ब्यानरमा लेखिएको छ, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’
अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पत्लादहन तथा मन्त्रीहरुविरुद्ध कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रमअनुसार आज देशभर विरोध प्रदर्शन गरिरहेका छन् । आज अनेरास्ववियुले ओलीका मन्त्री मणि थापालाई जाजरकोटमा कालोझन्डा देखाएका थिए । थापा नेकपाको जिल्ला भेलालाई सम्बोधन गर्न जाजरकोट पुगेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
Lut na payenau hola janata ko mayale hoyena hola
प्रतिकृया दिनुहोस