पोखरामा माछापुच्छ्र्रे क्रिकेट एकेडेमीले खुला बक्स क्रिकेट’ प्रतियोगिता गर्ने
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १९:१६:०० मा प्रकाशित

पाेखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले आगामी फागुन १ देखि ४ गतेसम्म पोखरामा ‘खुला बक्स क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एकेडेमीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी बक्स क्रिकेट प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
एकेडेमीका प्रमुख प्रशिक्षक दीपेश खत्रीले बक्स क्रिकेटप्रति आकर्षण बढाउन र देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको बताए । एकेडेमीका सञ्चालक अरुण पौडेलले प्रतियोगिता लेखनाथस्थित तालचोकको खेल मैदानमा हुने र प्रतियोगितामा करीव १६ टोलीले सहभागिता जनाउने विश्वास लिएको जानकारी दिए ।
कार्यक्रममा खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले लेखनाथ क्षेत्रमा समेत खेल गतिविधि बढेकामा खुःशी व्यक्त गरे ।
प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलमा सात ओभर र सात खेलाडी सहभागी हुने बताइएको छ । सामान्य क्रिकेट भन्दा केही भिन्न बक्स क्रिकेट बक्स सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । छिमेकी मुलुक भारत लगायतका देशमा बक्स क्रिकेट विकास भएपनि नेपालमा यस खेलको खासै विकास नभएकाले खेलको प्रवर्द्धनमा प्रतियोगिताले सघाउने विश्वास आयोेजकको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस