पोखरामा माछापुच्छ्र्रे क्रिकेट एकेडेमीले खुला बक्स क्रिकेट’ प्रतियोगिता गर्ने
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १९:१६:०० मा प्रकाशित
पाेखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले आगामी फागुन १ देखि ४ गतेसम्म पोखरामा ‘खुला बक्स क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एकेडेमीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी बक्स क्रिकेट प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
एकेडेमीका प्रमुख प्रशिक्षक दीपेश खत्रीले बक्स क्रिकेटप्रति आकर्षण बढाउन र देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता गर्न लागिएको बताए । एकेडेमीका सञ्चालक अरुण पौडेलले प्रतियोगिता लेखनाथस्थित तालचोकको खेल मैदानमा हुने र प्रतियोगितामा करीव १६ टोलीले सहभागिता जनाउने विश्वास लिएको जानकारी दिए ।
कार्यक्रममा खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले लेखनाथ क्षेत्रमा समेत खेल गतिविधि बढेकामा खुःशी व्यक्त गरे ।
प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैयाँका साथमा ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलमा सात ओभर र सात खेलाडी सहभागी हुने बताइएको छ । सामान्य क्रिकेट भन्दा केही भिन्न बक्स क्रिकेट बक्स सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । छिमेकी मुलुक भारत लगायतका देशमा बक्स क्रिकेट विकास भएपनि नेपालमा यस खेलको खासै विकास नभएकाले खेलको प्रवर्द्धनमा प्रतियोगिताले सघाउने विश्वास आयोेजकको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस