गाउँ सहर

खेल र शिक्षाको संगम : रिलायन्सको अन्तर–एसईई बास्केटबल प्रतियोगिता

काठमाडौं। रिलायन्स इन्टरनेशनल एकेडेमीले एसईई सकेका विद्यार्थीहरूका लागि उत्साहजनक अवसर ल्याएको छ। कक्षा १२ (प्लस टु) तह अध्ययन गर्न इच्छुक तथा खेलकुदप्रेमी विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयले “अन्तर–एसईई बास्केटबल प्रतियोगिता” (RIA Inter SEE Basketball Tournament) आयोजना गर्ने घोषणा गरेको छ।

छात्र तथा छात्रा दुबै टिमका लागि खुला यस प्रतियोगिताले युवा प्रतिभाहरूलाई आफ्नो खेल क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा कुल १ लाख रुपैयाँ बराबरको आकर्षक पुरस्कार व्यवस्था गरिएको छ, जसले प्रतिस्पर्धालाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउनेछ।

आवेदन फारम बुझाउने अन्तिम मिति वैशाख १६ गतेसम्म तोकिएको छ भने खेलहरू वैशाख १८ र १९ गते चाबहिलस्थित रिलायन्स कलेजकै ग्राउण्डमा सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ५०० रुपैयाँ कन्फर्मेसन शुल्क बुझाउनुपर्नेछ।

यस प्रतियोगिताको अर्को प्रमुख आकर्षण उत्कृष्ट खेलाडीहरूका लागि विशेष छात्रवृत्ति योजना हो। फाइनलमा पुग्ने दुई खेलाडीलाई व्यवस्थापनतर्फ ६३ हजार रुपैयाँ र विज्ञानतर्फ ८९ हजार ५०० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) र सर्वाधिक स्कोरर (हाइएस्ट स्कोरर) लाई १०० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कलेजका अनुसार, यस प्रतियोगितामार्फत एसईई सकेका विद्यार्थीहरूलाई खेलकुदमार्फत आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत