अर्थतन्त्र

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा 

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा, दाङको लमही नगरपालिका ५ लमहीमा र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । 

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । 
 

गाउँ सहर संवाददाता