एक अर्बको जलारी राख्ने पैसाले पशुपतिनाथ विश्वविद्यालय खोल्न राप्रपा अध्यक्ष लाेहनीकाे सुझाव
- गाउँ सहर संवाददाता
- १९ माघ सोमबार, २०७७ | १२:४५:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पशुपतिनाथ मन्दिरमा एक अर्बको जलारी राख्नुको सट्टा बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्न सुझाव दिएका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष लोहनीले विश्वविद्यालय खोलेर त्यसमा सातै प्रदेशबाट छानिएका गरीब, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्न सुझाव दिएका हुन् ।
उनले लेखेका छन्, ‘एक अर्ब खर्च गरेर पशुपतिनाथमा सुनको जलारी राख्ने सरकारी लक्ष्य पढियो । मेरो सल्लाह छः बाबा भोलेनाथप्रति भक्ति र समर्पण गर्न त्यो पैसाबाट बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्ने तरखर गर्नुस् । यो विश्वविद्यालयमा पशुपतिनाथमा भक्तजनहरुले चढाएको भेटीबाट देशको सातै प्रदेशबाट छानिएका गरीब, जेहेन्दार र विभिन्न जातिय समूहका विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षा को व्यवस्था गर्नुस् । यो नै बाबा भोलेनाथप्रति सच्चा भक्ति हुनेछ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस