बिहीबार साँझदेखि शनिबार साँझसम्मकाे माैसम यस्ताे छ, थाहा पाएर याेजना बनाउनुहाेस्
- गाउँ सहर संवाददाता
- १५ माघ बिहीबार, २०७७ | १८:५९:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तीन दिनकाे मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै माैसमकाे जानकारी गराएकाे छ ।
बिहिबार साँझ महाशाखाले तीन दिनकाे माैसम पूर्वानुमान जानकारी गराएकाे हाे ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पूर्वी पहाडी भू-भागमा साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १५ गते (बिहिबार)
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
माघ १६ गते (शुक्रबार)
दिउसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।
माघ १७ गते (शनिबार)
दिउसो : प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
राती : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले भन्छ- प्रदेश न. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस