स्वास्थ्य

कोरोनाभाइरस हराउँदै ७ करोड २८ लाख बढीले गरे स्वास्थ्य लाभ, २१ लाख ६७ हजारको मृत्यु

काठमाडौँ । विश्वमा कोरोना संक्रमण १० करोड ८२ लाख ३ हजार ३०८ जनामा पुग्दा रोग हराउने र स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड २८ लाख ३७ हजार ६४१ पुगेको छ

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, यसमध्ये २१ लाख ६७ हजारको भने मृत्यु भएको छ ।

सक्रिय २ करोड ५८ लाख १६ हजार २३१ केशमा १ लाख १० हजार ३५९ जनाको अवस्था भने गम्भीर छ । २ करोड ५७ लाख ८ हजार २९५ संक्रमितको अवस्था भने मध्यम रहेको छ ।

नेपालमा आजबाट कोरोनाविरुद्धको भ्याक्सिन सुरु भएको छ । अहिलेसम्म देशमा २ लाख ७० हजार ९२ जनामा संक्रमण देखिएकोमा २ लाख ६४ हजार ८२३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । २ हजार १७ जनाको मृत्यु भएको छ भने देशमा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

गाउँ सहर संवाददाता