नयाँसडक सुधार समितिद्वारा प्रहरी विट हस्तान्तरण
- गाउँ सहर संवाददाता
- १२ माघ सोमबार, २०७७ | २१:०७:०० मा प्रकाशित
पोखरा । पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए । समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी विट हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको वेलामा प्रहरीलाई डियूटीमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सराहनिय कार्य भएको बताउँदै सामाजिक संघसंस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने न्युरोड (नयाँसडक) मा वढ्दै गएको व्यवसायीकरण वेला वखत असुरक्षाका घटनाले न्युरोडको शान्ति सुरक्षा नै खलबल भएको र यसलाई न्युनिकरणको लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्य तथा जनसमुदायको सहभागितामा विटहरु निर्माण हुनु राम्रो भएको बताए ।
करीब ३ लाख रुपैयाँमा सम्पन्न भएको समितिका सहसचिव ओम उपाध्यायले बताए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्वारा उक्त विट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सूचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन नयाँसडक सुधार समितिका सचिव कृष्ण मर्सानी र प्रनानी होतबहादुर रोकाहाले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस