नयाँसडक सुधार समितिद्वारा प्रहरी विट हस्तान्तरण
- गाउँ सहर संवाददाता
- १२ माघ सोमबार, २०७७ | २१:०७:०० मा प्रकाशित

पोखरा । पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए । समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी विट हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको वेलामा प्रहरीलाई डियूटीमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सराहनिय कार्य भएको बताउँदै सामाजिक संघसंस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने न्युरोड (नयाँसडक) मा वढ्दै गएको व्यवसायीकरण वेला वखत असुरक्षाका घटनाले न्युरोडको शान्ति सुरक्षा नै खलबल भएको र यसलाई न्युनिकरणको लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्य तथा जनसमुदायको सहभागितामा विटहरु निर्माण हुनु राम्रो भएको बताए ।
करीब ३ लाख रुपैयाँमा सम्पन्न भएको समितिका सहसचिव ओम उपाध्यायले बताए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्वारा उक्त विट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सूचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन नयाँसडक सुधार समितिका सचिव कृष्ण मर्सानी र प्रनानी होतबहादुर रोकाहाले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस