पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ सम्पन्न
- गाउँ सहर संवाददाता
- १५ असार सोमबार, २०८३ | ०९:०३:०० मा प्रकाशित
पाेखरा । पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ सम्पन्न भएको छ । हिलोमा खेलिने खेलहरू र सांस्कृतिक कार्यक्रमहरू सहित पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा ३०-नं. वडाको वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा पोखरा ३० शिशुवा देउराली खोलाछेउमा महोत्सव सम्पन्न भएको हो ।
.jpg)
महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ आयोजना गरिएको महाेत्सवमा बाेल्दै उनले सहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणाली र खेतीयोग्य जमिनको संरक्षण गर्ने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने तथा कृषकहरूको सम्मान गर्ने लक्ष्य महोत्सवले राखेको बताए ।
.jpg)
कृषिको सम्मान गरौं, संस्कृति जोगाऔं र पर्यटन प्रवर्द्धनमार्फत समृद्ध पोखरा निर्माण गरौं भन्दै पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिकाको सहकार्यमा
मौलिक परम्परा, संस्कृति र कृषि जीवनशैलीलाई संरक्षण गर्दै कृषिमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव पोखराको पहिचान र आकर्षणलाई अझ सशक्त बनाउने महत्वपूर्ण अभियान भएको धारणा उनले राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस