ओलीले गर्ने ‘पञ्चर्याली’ काे कुनै अर्थ छैन : प्रचण्ड
- गाउँ सहर संवाददाता
- १२ माघ सोमबार, २०७७ | १२:३२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी ओली समूहले गर्ने सभालाई ‘पञ्चर्याली’ काे संज्ञा दिएका छन् ।
सोमबार पेरिसडाँडाँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्याली निस्कन्थे ।”
काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका छन् ।
“हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ,” प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनुपर्यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”
उनले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
प्रतिकृया दिनुहोस