स्वास्थ्य

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०.४ प्रतिशतको अवस्था चिन्ताजनक

काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण २१ लख २७ हजार १३४ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ९ करोड ९२ लाख २१ हजार ४३५ पुगेको छ । भाइरसलाई जितेर स्वास्थ्य लाभ गर्नेको संख्या ७ करोड १२ लाख ५२ हजार २७६ पुगेको छ ।

इन्फोका अनुसार विश्वमा कुल सक्रिय केशको संख्या २ करोड ५८ लाख ४१ हजार ६१२ रहेकोमा १ लाख ११ हजार २०४ अर्थात ०.४ प्रतिशतको अवस्था चिन्ताजनक रहेको छ । बाँकी ९९.६ प्रतिशतको अवस्था मध्यम रहेको छ । भाइरसबाट मृत्यु हुनेको संख्या कुल मृत्युदरको प्रतिशत ३ रहेको छ ।

भाइरसका कारण सबैभन्दा बढी प्रताडित मुलुक अमेरिका छ भने कम प्रताडित पश्चिम सहारा भूमि रहेको छ ।

नेपालमा अहिलेसम्म २ लाख ६९ हजार १८० जना संक्रमित भएका छन भने निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ छ । अहिलेसम्म १ हजार ९९४ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा २३२ नयाँ केश देखिएका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत