भिडिओ

प्रतिनिधिसभा विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन (भिडिओसहित)

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले प्रतिनिधिसभा विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।

संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल र्‍याली निकालिइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत