स्वास्थ्य

नेपालमा पनि तीन जनामा कोरोनाको अर्को नयाँ भाइरस संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा पनि तिन जनामा काेभिड-१९ काे नयाँ भाइरस पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।

नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

नयाँ भाइरस देखिएसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ । 

मन्त्रालयले मास्क लगाउन, स्यानिटाइजर प्रयाेग गर्न र भीडभाडमा नजान पनि अनुराेध गरेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत