गणतन्त्रप्रति वितृष्णा फैलाउँदै धमिलो पानीमा माछा मार्ने प्रवृत्ति सफल हुँदैन : पाैडेल
- गाउँ सहर संवाददाता
- २३ बैशाख मंगलबार, २०८२ | १३:३८:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पाैडेलले मुलुकमा लोकप्रियतावादी, उग्रराष्ट्रवादी, अनुदारवादी, पार्टी प्रवृत्ति र पात्रहरूद्वारा नेपाली समाजमा प्रकट हुने गरेकाे बताए ।
आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रमको बारेमा छलफल गर्ने क्रममा बाेल्दै पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा फैलाउँदै धमिलो पानीमा माछा मार्ने प्रवृत्ति यदाकदा देखिन थालेको उल्लेख गरे ।
पाैडेलले राष्ट्रियसभामा छलफलका क्रममा प्रस्तुत गरेका मन्तब्य
सम्माननीय अध्यक्षज्यू, आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रमको बारेमा यस गरिमामय सदनमा आफ्ना विचार प्रस्तुत गर्न चाहन्छु । सम्माननीय अध्यक्षज्यू, लोकप्रियतावादी, उग्रराष्ट्रवादी, अनुदारवादी, पार्टी प्रवृत्ति र पात्रहरूद्वारा नेपाली समाजमा यदाकदा प्रकट हुने गरेका नकारात्मक सोचको दोहन गरी मुलुकमा केही भएन, केही हुन सक्दैन भन्ने भाष्य निर्माण गर्दै; संविधानको मर्म, भावना र समानुपातिक, समावेशी, सहभागितामूलक, संघीय लोकतान्त्रिक गणतन्त्रकाप्रति वितृष्णा फैलाउँदै धमिलो पानीमा माछा मार्ने प्रवृत्ति यदाकदा देखिन थालेको वर्तमान सन्दर्भमा; प्रस्तुत नीति तथा कार्यक्रमले संविधानको मर्म र भावनाको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, संविधानको strength र weakness को विश्लेषण गर्दै; सबै दल बीच सहमति, सहकार्य र एकताको आधारमा संविधान संशोधनको प्रकृया अगाडि बढाउने स्पष्ट उल्लेख भएको र राष्ट्रिय सभामा हामी सबै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर भएकोले सरकारद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित हुने विश्वास लिदैं म र मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रमको समर्थन गर्दछु । सम्माननीय अध्यक्षज्यू, राजनीतिक स्थायित्व र नीतिगत स्थिरता कायम गर्दै अर्थतन्त्रलाई थप गतिशील र सुदृढ गर्नका लागि विकासको ढाँचा, गति र संस्कृति बदल्ने, उच्च दिगो र फराकिलो आर्थिक वृद्धि गरी गरीबी न्यूनिकरण गर्ने, उत्पादन–उत्पादकत्व र रोजगारी सिर्जना गर्ने; कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, आइटी, ऊर्जा, पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको बाटो तर्फ उन्मुख गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । आर्थिक–सामाजिक विकासको गतिलाई तीव्र पार्न, निजी क्षेत्रलाई थप प्रोत्साहन गरी लगानीमैंत्री वातावरण सिर्जना गर्न भर्खरै दुबै सदनबाट पास भएका विधेयकहरुले पनि उत्प्रेरकको भूमिका निर्वाह गर्नेछन् । सम्माननीय अध्यक्षज्यू
- शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार भएकोले शिक्षा नीति— आर्थिक विकास, वृद्धि र समृद्धिसँग co-related हुन अपरिहार्य हुन्छ ।
- हाम्रो आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि, पर्यटन, ऊर्जा, आइटी, उद्योग अत्यन्तै महत्वपूर्ण क्षेत्रहरु हुन् ।
- तर दुर्भाग्य हाम्रा विद्यालय र विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिहरु माथि उल्लेखित क्षेत्रहरुमा काम गर्न सक्ने सिप, योग्यता, दक्षता र क्षमता राख्दैनन् । तसर्थ, अतः हाम्रा शैक्षिक संस्थाहरु वेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चित्रण हुन थालेको यथार्थतालाई मध्येनजर राखी;
- चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक फाँटमा देखा परेका विकृति, विसंगति र चुनौतिहरुको समाधान गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने,
- विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम परिवर्तन र परिमार्जन गरी देशको आर्थिक विकास र समृद्धिसँग जोड्ने,
- उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवाहरुलाई उनीहरुले चाहेको, रोजेको विषय नेपालभित्रै अध्ययन गर्न पाउने, कमाउँदै–पढ्दै, पढ्दै–कमाउँदैको नीति लागू गर्ने,
- हिमाली एवं उच्च पहाडी जिल्लाहरुको विकट भौगोलिक अवस्थालाई ध्यानमा राखी स्थानीय तहको सहयोग र समन्वयमा आवासीय विद्यालयहरु स्थापना गर्ने, शिक्षक बैंकको स्थापना गर्ने, शिक्षक दरवन्दीको पुनरावलोकन गर्ने जस्ता सकारात्मक कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश हुनु समयसापेक्ष
देखिन्छ । स्वास्थ्य सेवालाई थप गुणस्तरीय र पहुँच योग्य बनाउने, सरकारी निकायबाट संचालित कार्यक्रमहरुमा हुने फजुल खर्च रोक्नका लागि अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने विषय नीति तथा कार्यक्रममा समावेश छ । “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता” को मान्यता अनुरुप अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ र सन्तुलित बनाउने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख भएकोले देशमा केही भैरहेको छ, केही हुँदैछ भन्ने विश्वास जगाउन नीति तथा कार्यक्रम सफल भएको छ । सम्माननीय अध्यक्षज्यू, नेपालको वर्तमान आर्थिक अवस्थाका तथ्य र तथ्याङ्कलाई मध्येनजर गर्दा :
- चालु आ.व.को ८ महिनामा रेमिटेन्स १० खर्ब ५१ अर्ब ७७ करोड,
- विदेशी विनिमय संचिति २४ खर्ब ८ अर्ब २५ करोड,
- चालु खाता १ खर्ब ८ अर्ब २५ करोड,
- सोधान्तरण स्थिति ३ खर्ब ९० अर्ब २७ करोड,
- मुद्रा स्फिति ३.७५ प्रतिशत,
- आयात–निर्यात दुबै बढेकोले अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक देखिएका छन् ।
- तर सकारात्मक सूचकहरुको लाभ आम नागरिकले प्राप्त गर्ने वातावरण बन्न सकेको छैन ।
सम्माननीय अध्यक्षज्यू,
- जबसम्म उपभोग, माग, उत्पादन, रोजगारी र लगानीको चक्र बलियो हुँदैन तबसम्म अर्थतन्त्रका बाह्य सूचक किताबका माछा जस्ता हुने भएकाले यस्तो अवस्थाको अन्त्य गर्न आम नागरिकको क्रय शक्ति बढ्ने, बजारमा वस्तु तथा सेवाको माग सिर्जना हुने, रोजगारी वृद्धि हुने जस्ता कार्यहरु आजको अपरिहार्य आवश्यकता हो ।
- जननायक बी.पी. कोइरालाले भन्नु हुुन्थ्यो— small is beauty ।
- नेपालको वर्तमान सन्दर्भमा आर्थिक गतिविधिलाई थप गतिशील र जीवन्त बनाउनका लागि बैंकमा थुप्रिएको ६ खर्ब भन्दा बढी लगानीयोग्य पूँजीलाई बीपीले भने जस्तै स्थानीय स्रोत र साधनमा आधारित साना, मझौला, कुटिर तथा स्वरोजगार सिर्जना गर्ने खालका उद्योगहरू स्थापना गरी मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने खालको बजेट निर्माण गर्न माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी, जलवायु वित्त परिचालन गर्न जोड
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
प्रतिकृया दिनुहोस