ओलीलाई योगेशको जवाफ : ‘केटाकेटीकै रगत र पसिनाकाे जगमा यहाँले कुर्सी पाएको हो’
- गाउँ सहर संवाददाता
- ४ माघ आइतबार, २०७७ | ०७:१७:०० मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
भट्टराईलाई कटाक्ष गर्दै यसाे भनेका थिए प्रधानमन्त्री ओलीले
यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन। आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ। मन्त्री पनि बनाइयो’, ओलीले भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति कटाक्ष गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो। को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।’
जवाफमा भट्टराईले यस्ताे प्रतिक्रिया दिए-
‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो।’ भट्टराईले शनिबार राति लेखेका छन्,‘केटो भनिपाउँदा मलाई दुस्ख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस