काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमित हुने भन्दा निकाे हुने संख्या दुई जना मात्र बढि छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ३२ सय जनाको पीसीआर गरिएकामध्ये ४०३ जनाको नतिजा पोजेटिभ आएको छ भने निको हुने ४०५ जना रहेका छन् ।
नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ जना पुगेको छ ।
कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । हालसम्म क्वारेन्टिनमा २३१ जना छन् भने चार हजार चार सय २६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि मुलुकभर कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस