तोकिएको समयमा कर नबुझाएमा जरिवाना, शूल्क तथा ब्याज लाग्ने सरकारकाे चेतावनी
- गाउँ सहर संवाददाता
- २८ पौष मंगलबार, २०७७ | १४:१४:०० मा प्रकाशित

काठमाडाैं । सरकारले करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन ताकेता गरेकाे छ ।
आन्तरिक राजस्व विभागले मंगलबार सूचना प्रकाशित गर्दै साना तथा ठूला करदाताहरुलाई आफूले तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्त भित्र बुझाउन करदाताहरुलाई आग्रह गरेको हाे ।
आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।
सरकारले तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने चेतावनी समेत दिएको छ ।
कोभिड–१९ का कारण व्यपार, व्यवसाय प्रभावित भएकाले व्यवसायीहरुले कर तिर्ने समय पछाडि सार्दिन सरकारसँग माग गर्दै आएका थिए । केही समय अघि उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर व्यवसायीले तिर्ने कर समय केही पछि सार्दिन आग्रह गरेका थिए ।
सरकारले यो आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड कुल राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म पौने चार खर्ब राजश्व उठाइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस