वातावरण

शनिबार रातिदेखि सोमबार रातिसम्म तीन दिनको मौसम यस्तो छ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशका केहि भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष २५ गते (शनिबार)

राति : प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (आइतबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २७ गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले भनेको छ- देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत