वातावरण

विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने: कतै आंशिक बदली, कतै मौसम सफा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, शनिबार देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने छ भने केहि भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सफा रहने छ ।

महाशाखाका अनुसार, शनिबार दिउसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले भनेको छ- देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत