प्रभु बैंकले ल्यायाे सफा टेम्पोमा क्यूआर कोडमार्फत भाडा तिर्न सकिने सुविधा
- गाउँ सहर संवाददाता
- १० पौष शुक्रबार, २०७७ | १७:१८:०० मा प्रकाशित
काठमाडाैं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडाैं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडाैं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नाे मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरुलाई भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हामीले खोजेको नेतृत्व कस्तो ?
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- नेप्से झिनाे अंकले बढेर बन्द
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
प्रतिकृया दिनुहोस