गाउँ सहर

अहिलेसम्म मौन रहेँ, न्यायका लागि अगाडी बढ्न खुट्टा उचाल्दैछु : मनाेज गजुरेल

काठमाडाैं । हास्यकलाकार मनोज गजुरेलले पारिवारिक विषयमा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै न्यायका लागि कानुनी उपचार खाेज्ने बताएका छन् । 

कलाकार गजुरेलले कानुनी रूपमा श्रीमतीसँग सम्बन्ध बिच्छेद गरिसकेकाे विषयमा र छाेराछाेरीलाई समेत जाेडर केही अनलाइन र यु-ट्यूब च्यानलहरूले फाेटाेसमेत दुरूपयाेग गरेकाेप्रति ध्यानाकर्षण भएकाे सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकाे छन् ।

सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् ।

यस्ताे छ कलाकार गजुरेलकाे स्टाटस :

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृङ्खलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. सकिएकाे सम्बन्धकाे आधारहिन आराेप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठूलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्र माथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवश्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु । सहनुको सीमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेको छु ।

३. अंश सहित आफूसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बीच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार म माथी हुने अनावश्यक टीका टिप्पणी, युटुबमा उनीहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो नाम, फोटो र प्रसङ्ग जाेडेर कसैसँग 'अन्तर्वार्ता' लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद ।

गाउँ सहर संवाददाता

तपाईँको मत