जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर मंगलबार, २०७७ | १६:०७:०० मा प्रकाशित
जनकपुर । जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गरेका हुन् । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ ।
.jpg)
५० करोडको लागतमा यो नयाँ टर्मिनल भवनको निर्मण गरिएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । नयाँ टर्मिनल भवन निर्माण भएपछि अब यात्रुलाई सहज हुने भएको छ । अब यात्रुले खानेपानी, पार्किंग लगायतका सेवा पाउनेछन् ।
यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीले काम गरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिए पनि काम पूरा गर्न सकेको थिएन् । पप्पुको कन्स्ट्रक्सनले काम गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो । नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए ।
.jpg)
नयाँ टर्मिन लबनेपछि अब जनकपुरबाट राति पनि जहाज उड्न सक्ने भएको छ । यसको परक्षिण भने गत माघमै भइसकेको थियो । टर्मिनल भवन २ बर्षमै बनिसक्नुपर्नेमा पहिलो सम्झौता गरेको कम्पनीले काम गर्न नसक्दा झण्डै ९ बर्षपछि निर्माण सम्पन्न भएको हो । जनकपुर विमानस्थल २०२४ सालदेखि सञ्चालनमा आएको हो । जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नया टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गएिको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस