गाउँ सहर

आज तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी

काठमाडाैँ । आज टीकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी रहेकाे छ ।

दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् ।

यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ ।

परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । हिजोको एकादशीको व्रत बस्नेहरुले आज सबेरै खाना तथा फलाहार ग्रहण गर्ने गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत