नेप्सेमा दोहोरो अंकको वृद्धि
- गाउँ सहर संवाददाता
- ३ कार्तिक सोमबार, २०७७ | १६:०९:०० मा प्रकाशित

काठमाडाैं । साेमबार नेप्से सूचकमा भने एकाएक दोहोरो अंकको वृद्धि देखिएको छ ।
आज नेप्से १३.५८ अंक अर्थात ०.८७ प्रतिशतले घटेर १ हजार ५७० दशमलव ३८ बिन्दुमा अडिएको छ ।
आज १८९ कम्पनीको शेयर कारोबारमा आएकोमध्ये १४० कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ भने छ । १५ कम्पनीको शेयमूल्य स्थीर रहेको छ ।
सोमबार ३३ लाख ५३ हजार २०१ कित्ता शेयर १५ हजार ४७८ पटक कारोबार हुँदा ९७ करोड ९० लाख ९४ हजार रुपैयाँको खरीद बिक्री भएको छ । नेप्सेसँगै ठूला कम्पनीको शेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
आजको बजारमा युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, अपि पावर र दीब्यश्वरी हाइड्रोपावरको मूल्य ९ प्रतिशत धेरैले बढेको हो । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आँखुखोला हाइड्रोपावर, रिलायन्स लाइफ र युनिभर्सल पावर कम्पनीाको शेयरमूल्य पनि ७ प्रतिशत धेरैले सुधारिएको छ ।
आज अपि पावरको ४ करोड २ लाखको उच्च कारोबार भएको छ । पहिलो चरणको ४७ प्रतिशत हकप्रद जारी गर्ने मिति नजिकिएसँगै कम्पनीको शेयर कारोबार उच्च भएको छ । दशैंलगत्तै कम्पनीले हकप्रद शेयर जारी गर्दैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस