जीवनशैली

फेरियाे जीवनशैली : प्लाष्टिकका भाँडाले कहाँ गए तामाका गाग्री ? फाइदै फाइदा तामाकाे गाग्रीकाे पानी

हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ । त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो । 

धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका ला गि फाइदाजनक हुने देखाएको छ । वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ । यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ ।

त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ ।

तर हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पानी विषाक्त हुने कुरा पुष्टि भइसकेको छ । यसमा हानिकारक रसायन हुने भएकाले त्यसको असर भण्डारण गरेको पानीमा पनि पर्छ ।

घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री र अम्खाेरा ?

डोकोमा बोकेर तामा, पित्तलको गाग्री र माटोको घैँटोमा पानी ल्याएको क्षणको स्मरण नयाँ पुस्ताका लागि कथा हुन थालिसके । समय निकै बदलियो, हिजो आज त गाउँ सहर जताततै तामा र पित्तलका गाग्रीहरु सोकेसमा सजिन मात्र थाले, धारा, पँधेरामा कोक फ्यान्टाका बोत्तल र प्लाष्टिकका जारमात्रै देखिन्छन् ।

विवाह गरेर आउँदाका केही वर्ष तामाको भाँडा टलक्क पारेर मुलको पानी भरेर ल्याइन्थ्यो, घरघरमा धारा हुँदैनथे, अहिले भने घरघरमा धारा छ तर पानी सफा आउँदैन अनि जार र मिनरलको पानी खानुपर्ने हुनथाल्यो । अझ पछिल्लो पुस्ताले तामाको गाग्रीको महत्व नबुझ्दा र व्यस्त जीवनशैलीले सहज उपायको खोजी गर्दै गर्दा तामाको भाँडाको पानी खाने चलन नै लोप हुँदै गएको छ । 

आयुर्वेदका अनुसार ताम्रजलले वात, कफ र पित्त प्रकृतिलाई सन्तुलित पार्ने क्षमता हुने बताउँछन् । तामाको भाँडाको पानी सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न र पानीजन्य रोग पखाला, कमलपित्त जस्ता रोगका लागि पनि उपयोगी हुनेछ । तामाको भाँडाको पानी पिउँदा स्वादिष्ट हुनुका साथै यसमा राखेको पानीले सकारात्मक गुण प्रदान गर्छ । तामामा मष्तिष्कलाई क्रियाशील गर्ने र छाला स्वस्थ र सुन्दर बनाउन नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत पुरयाउने उहाँको भनाइ छ । त्यसैगरी धार्मिक मान्यताअनुसार तामाको भाँडामा दैवीशक्तिको बास हुने विश्वासले पूजाआजा गर्ने चलनसमेत रही आएको छ ।

हिन्दू धर्म संस्कारअनुसार विवाहमा कन्यालाई लक्ष्मीका रुपमा र वरलाई विष्णुको रुपमा परिकल्पना गरिने र कन्यादान गर्ने बेला तामाको ताउलोमा गोडा धुने चलन रहेको र यसबाहेक अन्य धार्मिक कार्यमा तामाको भाँडालाई ढोग्ने र पुज्ने चलन रहेको छ । समाज दिनदिनै आधुनिकताका नाममा अग्रसर हुँदा हिन्दू धर्म संस्कार संस्कृतिसँग जोडिएका सकारात्मक र उपयोगी पक्ष विस्तारै विस्थापित हुँदै गएको छ । 

आठ घण्टासम्म पानी राख्ने 
आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने गर्नुपर्छ । पानीले तामासँग रासायनिक प्रतिक्रिया गरेर एन्टीब्याक्टेरियल र एन्टी इन्फ्लामेन्टरी प्रोपर्टीज उत्पादन गर्छ । 

पाचन प्रक्रिया
नियमित रुपमा तामाको भाँडामा पानी पिउँदा शरीरभित्रका विषयुक्त तत्त्वहरु बाहिर निस्किन्छ । र पेट सफा हुन्छ । यसका साथै तौल कम गर्न पनि यसले मद्दत गर्छ । यसका साथै पाचन प्रक्रिया समेत मजबुत हुने भएकाले शरीरमा अतिरिक्त बोसो लाग्दैन । 

जिवाणु 
साधारण पानीमा झाडापखाला, पीलिया जस्ता रोग लगाउने जिवाणुहरु हुन्छन् । तर, तामाको भाँडामा राखेको पानीले यस्ता जिवाणुसँग लड्ने गर्छ । एक अध्ययनका अनुसार १६ घण्टामा तामाको भाँडामा राखेको पानीमा भएका जिवाणुहरु मर्छन् । 

सावधान !
तामाको भाँडामा कपर अक्साइडका कारण फोहोर जम्न शुरु हुन्छ । त्यसैले पानी राख्नुअघि तामाको भाँडालाई राम्रोसँग सफा गर्नुपर्छ । फोहोर तामाको भाँडामा राखेको पानीले शरीरलाई बेफाइदा गर्छ । 

पानीमा रहेको किटाणु नष्ट
आज भोलीको समयमा शुद्ध पानी पाउन धेरै मुस्किल छ । धेरै जस्तो मानिसहरुले पानी सफा देखिए पनि दुषित पानी नै पिइरहेका हुन्छन् । यदि दैनिक तामाको भाडामा  पानी पिइयो भने पानीबाट हुने इन्फेक्सनबाट बच्न सकिन्छ । तामाको सम्पर्कमा आएपछि पानीमा भएका किटाणु आफै नष्ट हुन्छ । 

मोटोपन घटाउन
विभिन्न अनुसन्धानले बताए अनुसार तामाको भाँडा खाना खानको लागि प्रयोग गरियो भने यसले तौल कम गर्न सहयोग गर्छ । तामाका मोटोपन कम गर्ने धेरै तत्वहरु पाइन्छ ।  जसले मोटाकोलिज्म बढाउँछ  । जसले गर्दा बोसो निमार्ण हुन कम हुन्छ । 

थाइरोइड नियन्त्रण 
थाइराइडको समस्या शरीरमा थाइरोक्साइ हर्मोन असन्तुलनको कारण हुन्छ । यस्तो अवस्थामा अचानक तौल घट्ने र बढ्ने समस्या देखिन्छ । तर तामाको भाँडामा राखिएको पानी पिउँदा हार्मोन नियन्त्रण हुन्छ । 

स्मरण शत्तिल बढाउन
दैनिक रुपमा तामाको भाँडामा पानी पिउँने र तामाकै भाँडा खाना खानको लागि प्रयोग गरियो भने यसले स्मरण शक्ति बढाउन मद्दत गर्छ । साथै उमेर बढेसँगै स्मरण शक्तिमा आउने समस्यालाई रोक्न मद्दत गर्छ । 

मुटु स्वस्थ राख्न 
दैनिक तामाको भाडामा राखेको पानी पिउँदा यस्ले रक्तचापलाई नियनत्रण गर्छ । साथै खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । हुदयघात र स्ट्रोकको जोखिमबाट बचाउँछ । यसको साथै पित्त र कफमा आउने समस्या कम गर्छ । 

उचित पाचन 
तामामा पाचन पक्रिया बलियो बनाउने तत्व पाइनछ । रातीको समयमा तामाको भाडामा पानी राखेर बिहान पिउने गरियो भने यसले पाचन प्रक्रियालाई सन्तुलीत राख्छ । 

क्यान्सर रोकथाम
विभिन्न अनुसन्धानकर्ताहरुका अनुसार तामाले क्यान्सरको सुरुवात रोक्न मद्दत गर्छ । किन भने यस्मा क्यान्सर विरोधि तत्व पाइन्छ । तामाको भाडाको पानीले आन्तरिक सफाईको लागि प्रभावकारी हुनछ । 

चम्किलो छाला
राती तामाको भाँडामा राखिएको पानी दैनिक बिहानको समयमा पिउँदा यसले पेटलाई सफा राख्छ । यसरी र्दैनिक प्रयो गर्दा छालालाई शरीरसँगै डिक्सोक्स गर्छ । जसले अनुहारमा चमक दिन्छ । 

अन्त्यमा, तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत