दशैंमा मासु मात्र खाने हाे कि दाँतकाे पनि ख्याल गर्नुहुन्छ ?
- गाउँ सहर डेस्क
- २५ असोज आइतबार, २०७७ | १५:०२:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा दशैं भन्नासाथ मासु स्वत जाेडिन्छ । मासुसँग दाँत । हाे, चाडपर्व भित्रिदाँ खानाका विविध परिकार खाने सौखिन नेपालीको जमात बढ्दो छ । दशैंमा मुख्य खानाको रुपमा मासुका परिकारहरुलाई लिइने गरिन्छ । फूलपाती देखी कोजाग्रत पूर्णिमा सम्म एक हप्ता सामान्यतया अलि बढी नै मानिसहरु मासुका परिकारहरु खाने गर्दछन् । तर मासु खाँनुअघि र खाइसकेपछि तपाइँले दाँतकाे सरसफाइ र सुरक्षाकाे बारेमा ख्याल गर्नुभएकाे छ ?
विशेष गरि दशैंमा मासु धेरै खाने भएपछि दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत चोइटिनसक्छ । थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ । अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ । गिजामा समेत संक्रमण बनाउँछ । गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन् । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ ।
जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो ।
पर्वहरुमा धेरै बढि पोलेका मासुका परिकारहरु, धुम्रपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढि शिथिल तथा सुख्खा बन्न जान्छन् । त्यसैले मासुका परिकार खानु अघि राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने ।
यदि खाने कुरा अड्की हालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागी एक किसिमको धागो (डेण्टल फ्लस) को सहायता लिने ।
दशैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुदाँ त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने । सकभर त्यसको प्रयोग नगर्ने, धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने । रातीको खानापछी सधै ब्रस गर्ने र दिउँसोको हल्का खानापछी कुल्ला गर्ने ।
धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने । दाँतको समस्या आउन सक्ने हुदाँ दाँतको समस्या देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस