२० देखि ४० वर्षका युवामा द्रूतगतिमा फैलिइरहेको कोरोना संक्रमण, बिना मास्क कसैसँग १५ मिनेटपनि कुरा नगर्नुहोस्
- गाउँ सहर डेस्क
- ५ भदौ शुक्रबार, २०७७ | १२:३७:०० मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले युवाको लागि एलर्ट जारी गर्दै चेतवनी दिएको छ कि २० देखि ४० वर्षका युवामा कोरोनाभाइरस युद्धस्तरमा फैलिइरहेको छ । युवा आफैँ संक्रमित भइरहेका छन्, तर उनीहरुलाई यो कुराको थाहा भइरहेको छैन । यसको कारण वृद्धवृद्ध र विरामीको लागि खतरा बनिरहेको छ ।
चिकित्सकका अनुसार कोरोनाबाट गम्भीर रुपले विरामी हुनको लागि एक युवालाई पर्याप्त डोजको आवश्यकता पर्दछ । युवामा कम डोज हुँदा सिम्प्टोम्स देखिँदैन । यदि दुइ कोरोना संक्रमित युवा बिना मास्क १५ मिनेटसम्म कुरा गर्दछन र उनीहरुबीचको दुरी तीन फिटभन्दा कम भए यो ‘क्लोज कन्ट्याक्ट टाइम’ भनिन्छ । यसमा कोरोनाको पर्याप्त डोज लोड हुने गर्दछ, यस्तो अवस्थामा जानाजान जोखिम पनि बढी हुन्छ । यसकारण यदि तपाईं युवा हुनुहुन्छ भने कुनै साथीसँग नजिक दुरीको सम्बन्ध विल्कुलै नबनाउनुहोस् । कुरा गर्दाको समय मास्क लगाउनुहोस, कसैसँग भेटे टाढै रहेर कुरा गर्नुहोस् । यसो गर्दा संक्रमणको डोज कम हुनेछ ।
चिकित्सकका अनुसार आजकल युवाहरु सुरक्षित राख्ने उपाय पछ्याइरहेका छैनन् । दिशानिर्देश मानिरहेका छैनन् । यसले घना बस्तीमा जोखिम बढिरहेको छ । सुरक्षा नपनाउँदा परिवारमा जोखिम बढिरहेको छ ।
डा. सरिता भट्ट भन्छिन्— एसिंप्टोमेटिक विरामीमा कोरोनाको संक्रमण देखिँदैन, उनीहरुमा हल्का लक्षण पनि हुन्छ र उनीहरु लगातार अर्को व्यक्तिमा संक्रमित गरिरहन्छन् । एसिंप्टोमेटिकको धेरै केश युवामा पाइरहेको छ ।
डब्लूएचओका अनुसार, पछिल्लो ५ महिनामा १५ देखि २४ वर्षका युवामा संक्रमणको खतरा तीनगुणा वृद्धि भएको छ । २४ फेब्रूअरीदेखि १२ जुलाईसम्म ६० लाख कोरोना केशको अध्ययन गरिएको थियो । जसमा बच्चा र युवामा कोरोना संक्रमण द्रूतगतिमा बढेको पाइएको थियो ।
डब्लूएचओका अनुसार एक दिनदेखि चार वर्षका बच्चामा संक्रमण दर ०.८% देखि २.२% सम्म, पाँचदेखि १४ वर्षमा ०.८% देखि ४.६% सम्म, १५ देखि २४ वर्षसम्म संक्रमण दर ४.५% देखि १५% सम्म पुगेको थियो ।
युवा कोरोना संक्रमणबाट बढी जोखिम रहेकै कारण चिकित्सकहरुले युवालाई सावधानी रहन र सुरक्षाका सबै उपाय पछ्याउन आग्रह गरेका छन् । उनीहरुले युवालाई सामान्य लक्षण देखिएमा तुरुन्त परीक्षण गर्न, सहयोग लिन र सल्लाह गर्न अनुुरोध गरेका छन् । साथै साथमा सेनिटाइजार, मास्कको प्रयोग, ग्लोब्स, चस्मा सबै राख्न भनेका छन् । धेरै भीड र समूहमा कुराकानी गर्नमा जोगिनुपर्ने उनीहरु बताउँछन् । प्रतिरोधात्मक क्षमता बढाउनको लागि सन्तुलित भोजन, शारीरिक व्यायाम, राम्रो निन्द्रा आवश्यक रहेको चिकित्सक बताउँछन् ।
ब्रिटेन, जापान र जर्मनीदेखि लिएर अस्ट्रेलियासम्म कयौँ देशका युवामा कोरोनाको नयाँ केश बढिरहेको कारण युवालाई भनिएको छ । यी देशका अधिकारीका अनुसार, युवा लकडाउन, सट्डाउन, निषेधमा बाहिर हिँड्ने, सामाजिक दुरी पालना नगर्ने, पार्टी गरिरहेका छन् । यी देशहरुमा ४० वर्ष कमका युवा बढि संक्रमित भएको उनिहरुको भनाई छ ।
यसकारण बढिरहेको संक्रमणसँग जुध्नको लागि युवाले गाइडलाइन्सलाई फलो गर्नैपर्ने देखिन्छ । आफूलाई सुरक्षित राख्न सकेमात्र परिवार र समाज सुरक्षित हुने भएकोले यदि सामान्य असहजता भएमात्र पनि आइसोलेट हुनु जरुरी छ ।
डब्लूएचओका निर्देशक टेड्रोस एडनम भन्छन्— हामीसामू यो चुनौति छ कि युवाको पनि कोरोनाको कारण मृत्यु हुन सक्छ र अरुलाई सार्नपनि सक्छन् । युवा पार्टी नगरुन् । संगठनले युवालाई अपिल पनि गरेको छ कि यो संक्रमण फैलाउनलाई रोक्न मद्यत गर । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस