खण्डग्रास चन्द्र ग्रहणः भाग्यमानी तुला राशि, जान्नुहोस ग्रहणसँग जोडिएका यी खास कुरा
सूतक ९ घण्टा
- गाउँ सहर संवाददाता
- ३० असार सोमबार, २०७६ | १४:२८:०० मा प्रकाशित

काठमाडौँ । यस वर्षको दोस्रो चन्द्र ग्रहण १६ जुलाइ राति १ बजेर ४७ मिनेटबाट सुरु भएर १७ जुलाई विहान ४ बजेर ४६ मिनेट (असार ३१ मध्यरात बाट र साउन १ गतेको विहानसम्म) लाग्दैछ । हिन्दु पञ्चाङ्ग अनुसार ग्रहण असार पूर्णिमाको रात उत्तराषाढा नक्षत्रमा धनु राशिमा लाग्दैछ ।
यो ग्रहणको सूतक ९ घण्टा अर्थात १६ जुलाई साँझ ४ बजेर ४६ मिनेटबाट सुरु हुन्छ ।
यो खण्डग्रास चन्द्र ग्रहण अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, धेरै यूरोपका क्षेत्रहरु र एशियाबाट देख्न सकिन्छ । तर उत्तर अमेरिका, दक्षिणी र पूर्विय भाग बाहेकले देख्न सक्दैनन् । नेपालको राजधानी बासीले यो ग्रहण आंशिक रुपमा देख्न सक्नेछन् । सँगैको छिमेकी भारतबाट देख्न पाइँदैन ।
खगोल विज्ञानको तरिकाबाट बुझ्ने हो भने पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा आउँदछ तब चन्द्रमामा पर्ने सूर्यको किरणलाई रोक्ने गर्दछ । यो समयमा उसको स्वयंको छायाँ बन्ने गर्दछ । त्यसलाई चन्द्र ग्रहण भनिन्छ ।
दुर्लभ योगः चन्द्र ग्रहण र गुरु पूर्णिमा
यो पटक चन्द्र ग्रहणमा १४९ वर्ष पछि चन्द्र ग्रहण र गुरु पूर्णिमा एकैसाथ परेको छ जुन दुर्लभ योग मानिएको छ । यो ग्रहणको समय शनि र केतु चन्द्रमासँग धनु राशिमा छ, जसले ग्रहणको बढी प्रभाव पर्दछ । सूर्यसँग राहु र शुक्र पनि रहन्छन् । ज्योतिषीका अनुसार सूर्य र चन्द्र ४ विपरीत ग्रह शुक्र, शनि, राहु र केतुको घरमा रहन्छन् । यो समय मंगल नीचो रहन्छ । यस्तै योग १२ जुलाई १८७० जुन १४९ वर्ष अगाडि भएको थियो, जब गुरु पूर्णिमामा चन्द्र ग्रहण भएको थियो । त्यो समय पनि शनि, केतु र चन्द्रमासँग धनु राशिमा अवस्थित थियो । यस्तै सूर्य राहुसँग मिथुन राशिमा अवस्थित थियो ।
पूर्णिमा राति चन्द्रमा पूर्णतः गोलाकार देखिनु पर्छ । तर कुनै कुनै अपवादवाहेक चन्द्रमाको पूर्ण बिम्बमा धनुष या हँसियाको आकारमा कालो छायाँ देखिन थाल्दछ । कुनैबेला यो छायाँ चन्द्रको पूर्ण रुपले ढाक्न सक्दछ । पहिलो स्थितिको चन्द्र अंश या खण्ड भनिन्छ । दोस्रो स्थितिको चन्द्र पूर्ण ग्रहण अर्थात खग्रास चन्द्र ग्रहण भनिन्छ । चन्द्रमाले सूर्यको प्रकाश प्राप्त गर्दछ ।
तुला राशिमा कुनै असर छैन, अरुमा के छ?
ज्योतिषीका अनुसार ग्रहणको समय राहु र चन्द्रमा शनिसँग धनु राशिमा हुनेछन् । जसको कारण ग्रहण अधिक प्रभावशाली हुनेछ । जबकी राहु र शुक्र सूर्यसँग रहनेछन् । यसको अलावा चार विपरित सूर्य ग्रह, शुक्र, शनि, राहु केतुको घरमा हुनेछन् ।
ग्रहणको समयमा ग्रहको स्थिति प्रभावित व्यक्तिको मनमा तनाव बढाउँछ । ग्रहणको असर मेष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु र मकर राशिमा हुनेछ । यो ग्रहणमा सबै राशिमा प्रायः प्रभाव पर्ने बताइएको छ । तर तुला राशिमा ग्रहणको असर हुनेछैन ।
चन्द्र ग्रहणलाई खुला आँखाले नहेर्नुहोस, गर्भवती महिला ग्रहण हेर्नबाट टाढा रहनुहोस र पूजा पाठ गर्नुहोस् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस