राजनीति

कांग्रेसले आफ्ना सांसदलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटर चलाउन सिकाउने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटर चलाउन सिकाउने भएको छ ।

पार्टीका सांसदहरुलाई सामाजिक सञ्जालमा सक्रिय बनाउने उद्देश्यले प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुलाई सामाजिक सञ्जालको प्रयोग गर्न निर्देशन दिइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

खाणले  सांसदहरुलाई अनिर्वाय रुपमा सामाजिक सञ्जालमा खाता खोल्न लगाउने तयारी गरिएको जानकारी दिए । 

सामाजिक सञ्जाल चलाउनका लागि कांग्रेसले शनिबार सांसदका पीएहरुका लागि प्रशिक्षण आयोजना गरेको छ । प्रमुख सचेतक खाँणले पीएहरुका लागि शनिबार संसदीय दलको कार्यालयमा प्रशिक्षण राखिएको बताए । 

सामाजिक सञ्जाल अपडेट गराइराख्न कांग्रेसले शनिबार काठमाडौंमा सांसदका सहयोगीलाई प्रशिक्षणसमेत दिने भएको छ। संसदीय दलको कार्यालयमा प्रशिक्षण चल्ने कांग्रेसले जनाएको छ। पार्टीका गतिविधिबारे छिटो प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोग गर्न लगाइएको खाणको भनाइ छ। उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा उमेदवारहरुलाई सामाजिक सञ्जालको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको भए पनिमा कार्यान्वयन हुन नसकेको बताए । 

 

सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापालगायत कांग्रेसका केही नेता सामाजिक सञ्जालमा सक्रिय छन् ।

 


 

गाउँ सहर संवाददाता

तपाईँको मत