खण्डग्रास चन्द्र ग्रहणः ‘१४९ वर्षपछि बन्दैछ गुरु पूर्णिमा र ग्रहको दुर्लभ योग’
- गाउँ सहर डेस्क
- २४ असार मंगलबार, २०७६ | १३:३२:०० मा प्रकाशित

काठमाडौँ । यस वर्षको दोस्रो चन्द्र ग्रहण १६ जुलाइ राति १ बजेर ४७ मिनेटबाट सुरु भएर १७ जुलाई विहान ४ बजेर ४६ मिनेट (असार ३१ मध्यरात बाट र साउन १ गतेको विहानसम्म) लाग्दैछ । हिन्दु पञ्चाङ्ग अनुसार ग्रहण असार पूर्णिमाको रात उत्तराषाढा नक्षत्रमा धनु राशिमा लाग्दैछ ।
यसको सूतक ९ घण्टा अर्थात १६ जुलाई साँझ ४ बजेर ४६ मिनेटबाट सुरु हुन्छ ।
यो खण्डग्रास चन्द्र ग्रहण अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, धेरै यूरोपका क्षेत्रहरु र एशियाबाट देख्न सकिन्छ । तर उत्तर अमेरिका, दक्षिणी र पूर्विय भाग बाहेकले देख्न सक्दैनन् ।
नेपालको राजधानी बासीले यो ग्रहण आंशिक रुपमा देख्न सक्नेछन् । सँगैको छिमेकी भारतबाट देख्न पाइँदैन ।
आधुनिक विज्ञानको तरिकाबाट बुझ्ने हो भने पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा आउँदछ तब चन्द्रमामा पर्ने सूर्यको किरणलाई रोक्ने गर्दछ । यो समयमा उसको स्वयंको छायाँ बन्ने गर्दछ । त्यसलाई चन्द्र ग्रहण भनिन्छ ।
दुर्लभ योगः
यो पटक चन्द्र ग्रहणमा १४९ वर्ष पछि चन्द्र ग्रहण र गुरु पूर्णिमा एकैसाथ परेको छ जुन दुर्लभ योग मानिएको छ । यो ग्रहणको समय शनि र केतु चन्द्रमासँग धनु राशिमा छ, जसले ग्रहणको बढी प्रभाव पर्दछ । सूर्यसँग राहु र शुक्र पनि रहन्छन् । ज्योतिषीका अनुसार सूर्य र चन्द्र ४ विपरीत ग्रह शुक्र, शनि, राहु र केतुको घरमा रहन्छन् । यो समय मंगल नीचो रहन्छ । यस्तै योग १२ जुलाई १८७० जुन १४९ वर्ष अगाडि भएको थियो, जब गुरु पूर्णिमामा चन्द्र ग्रहण भएको थियो । त्यो समय पनि शनि, केतु र चन्द्रमासँग धनु राशिमा अवस्थित थियो । यस्तै सूर्य राहुसँग मिथुन राशिमा अवस्थित थियो ।
प्राकृतिक विपत्ती र भूकम्पको खतराः
हुन त ज्योतिषीहरुले यो चन्द्र ग्रहणले तनाव बढाउने व्याख्या गर्दछन् । उनीहरुका अनुसार यो समयमा भूकम्प तथा प्राकृतिक विपत्तीको खतरा हुनसक्ने तर्क गर्दछन् । ग्रहणको समयमा ग्रहको स्थिति अनुसार दुखको सामना गर्नुपर्ने उनीहरु बताउँछन् । तर आधुनिक अवस्थाले यस कुराको विश्वास गर्दैन ।
मान्यता यस्तो छः
- हुन त ग्रहणसँग जोडेर धेरैकुरा बाहिर आउने र आएका छन् । तर सबै कुरामा फिल्टर गर्नु जरुरी हुन्छ ।
- चन्द्र ग्रहणपछि घरमा शुद्धताको लागि गंगाजल छर्नुहोस् ।
- स्नान गरेर भगवानको मूर्तिलाई स्नान गराएर पूजा गर्नुहोस् ।
- संभव छ भने ग्रहण कालमा गर्भवती महिला घरबाट बाहिर ननिस्किनुहोस् ।
- निस्कनै परेपनि गर्भको शिशुको रक्षाको लागि चन्दन र तुलसीको लेप प्रयोग गर्नुहोस् ।
- सूतक लाग्नुभन्दा अगाडि अन्न आदिमा तुलसी या कुश अवश्य राख्नुहोस् ।
- ग्रहण कालमा भगवानको नाम जप्नुहोस् ।
अर्को विश्वासः
- ग्रहणपछि घीउ र खीरले हवन गरेमा लाभ हुने र लामो समयसम्म कुनैपनि रोगले आक्रमण गरेको भएपनि आराम मिल्ने मान्यता छ ।
- चन्द्रदेवको आराधना गर्नु पर्दछ । यदी चन्द्रमा कमजोर स्थितिमा छ भने ‘ऊँ चन्द्राय नमः’ मन्त्रको जप गर्दा लाभ हुन्छ ।
- प्राणायाम र व्यायाम गर्नु पर्दछ । सोचलाई सकारात्मक राख्नु पर्दछ ।
- चन्द्र ग्रहणपछि घर शुद्धि, स्नान, भगवानको मूर्ति स्नान र पूजा र आवश्यक व्यक्ति र ब्राम्हणलाई अन्न दान गर्नुहोस् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस