राजनीति

राप्रपा (संयुक्त) निर्वाचन आयाेगमा दर्ता, चुनाव चिन्ह

काठमाडौँ । राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्टवादी एकीकरण पश्चात् बनेक‍ो राप्रपा (संयुक्त) नेपाल अधिराज्यको संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएको छ । 

हलो चुनाव चिन्ह सहित २०७५/१२/२४ मा आयोगको निर्णय बमोजिम दर्ता भएको संचार समिति सदस्य जनकराज पाठकले बताए । 

पार्टी अध्यक्ष पशुपतिशमशेर जवरा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको सो दलले संविधान संशोधन गरि हिन्दु राष्ट्र र राजसंस्था हुनुपर्ने आवाज उठाउँदै आएको छ ।

दल दर्ताकाे सूचना आयाेगले राजपत्रमा प्रकाशन गर्ने जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत