गाउँ सहर

होली २०७५ः जान्नुहोस रंगको महत्व र मनुष्यको जीवनमा पर्ने प्रभाव

काठमाडौँ । रंगले हाम्रो जीवनमा विशेष स्थान राख्दछ । चाहे त्यो होलीको दिनमा होस वा वस्तु अथवा कपडाको रंग नै किन नहोस् । हरेक रंगको आफ्नो महत्व हुन्छ । होलीको रंगको छुट्टै महत्व छ । हरेक रंगको आफ्नो अलग पहिचान छ । रंगको हाम्रो शरीरमा मात्र होइन, मनोस्थितीमा पनि गहिरो सम्बन्ध हुन्छ । अलग-अलग तरिकाले रंग हाम्रो तन र मनलाई प्रभाव पुर्याउने गर्दछ । बुधबार र बिहिबार देशभर होली मनाइँदैछ ।

जीवनमा रंगको महत्व

केसर रंग
केसर रंग प्रशन्नता र सामाजिकताको प्रतिक हो । यसले मानशिक शक्तिलाई बढाउँछ । जो व्यक्ति आफ्नो सामाजिक सम्बन्धको प्रगाढतालाई कायम राख्न चाहन्छ, केसरी रंग मनपराउँछ ।

रातो रंग
रातो रंग हरेक शुभ अवसरमा प्रयोग गरिन्छ । रातो रंग जोश, उल्लास र शुद्धताको प्रतिक मानिन्छ । यो अग्नी सूचक पनि हो । उर्जा, गर्मी र जोश प्रदान गर्दछ । यसकारण होलीको मौकामा सबैभन्दा बढी रातो रंगको प्रयोग गरिन्छ ।

हरियो रंग
हरियो रंग हरियाली, शान्ति र जीवनको प्रतिक हो । साथै यसले प्रकृतिको सुन्दरतालाई पनि प्रदर्शन गर्छ । राहत पुर्याउने यो रंग हो भने  मनको चन्चलतालाई पनि यो रंगले भगाउँछ ।

नीलो रंग
नीलो रंगले मानशिक शान्ति प्रदान गर्दछ । शान्ति, गम्भीर र स्थिरताको प्रतिक हो नीलो रंग । जल र वायुको रंग नीलो मानिन्छ । यसकारणले यो रंग प्राण र प्रकृतिसँग सम्बन्धित छ । नीलो रंगले पूर्णतालाई इंगित गर्दछ । यो रंगले रक्तचापलाई पनि नियन्त्रण गर्दछ ।

पहेँलो रंग
पहेँलो रंग उज्यालोको सूचक हो । धार्मिक अनुष्ठानमा पनि पहेँलो रंगको प्रयोग गरिन्छ । यो रंगको असर सिधा मस्तिष्कमा पर्दछ । यसले अध्यात्मतर्फ मानिसलाई खिच्ने गर्दछ । पहेँलो रंगले समृद्धि र यशलाई प्रदर्शन गर्दछ । यसलाई हेर्नाले मनमा प्रकाश, ज्ञानको अभ्यास हुने गर्दछ ।

बैगनी रंग
बैगनी रंग कल्पना प्रधान रंग हो । यसको असर जादूजस्तै हुन्छ । प्राचिन कालमा यो रंग धैर्य र बलिदानको लागि उपयोग हुन्थ्यो । यो प्रायश्चित र तपको पनि प्रतिक रंग हो । रहस्यलाई लुकाउने यो रंग बलिदानको प्रवृत्तितर्फ कुनैपनि व्यक्तिलाई उन्मुख गराउन सक्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत