प्रेरणा
सोमबार खग्रास चन्द्र ग्रहण, यी राशिमा यस्तो प्रभाव !
नेपाल तथा भारतबाट देखिँदैन
- गाउँ सहर संवाददाता
- ५ माघ शनिबार, २०७५ | १७:२९:०० मा प्रकाशित

काठमाडाैँ । पौष शुक्ल पक्ष पूर्णिमा माघ ७ सोमबार खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो दिन श्री स्वस्थानी व्रत कथा प्रारम्भ दिनपनि हो । यो खग्रास चन्द्र ग्रहण माघ ७ बिहानसम्म रहन्छ । यो ग्रहण नेपाल तथा भारतमा देखिँदैन । यसकारण पनि यसको कुनै धार्मिक महत्व हुँदैन । धार्मिक मान्यतानुसार सूर्य वा चन्द्र ग्रहणमा गंगा स्नानबाट श्रेष्ठ फल प्राप्तिहुने विश्वास छ ।
चन्द्र ग्रहणपछि स्नान र दान गर्नु राम्रो मानिन्छ । गहुँ, धान, चना, दाल, सक्खर, चामल, कम्बल, वस्त्र, चीनी, चाँदी वा स्टीलको कचौरामा खीर दानबाट महत्वपूर्ण लाभ हुने विश्वास छ ।
ज्योतिषशास्त्रीहरुका अनुसार राशिमा प्रभावः
- मेश राशिः भाग्य वृद्धि, पराक्रम वृद्धि, पिसावको समस्या, वाहनमा क्षती ।
- वृष राशिः पेटको समस्या, परिश्रममा अवरोध, पराक्रम वा धन वृद्धि, भाइबाट कष्ट ।
- मिथुन राशिः वाणीमा तिव्रता, आन्तरिक शत्रु एवं रोग, टाउको दुखाइ, दाम्पत्यबाट कष्ट ।
- कर्कट राशिः ढाडमा समस्या, विद्या वृद्धि, मनोबल कमजोर, मनमा आशंका ।
- सिंह राशिः घर र वाहन सुख, धन वृद्धि, वाणीमा तिव्रता, खुट्टामा दुःखाई वा चोट ।
- कन्या राशिः टाउकोमा समस्या, आन्तरिक डर, अध्ययनमा अवरोध, दाम्पत्यमा तनाव, आयमा वृद्धि ।
- तुला राशिः धन, पराक्रम र टाउको दुख्ने, शत्रु विजय परिश्रममा अवरोध ।
- वृश्चिक राशिः धन, वुद्धि एवं विद्या वृद्धि, वाणीमा तिव्रता, पराक्रममा वृद्धि, भाग्य वृद्धि ।
- धनु राशिः दाम्पत्यमा तनाव वा अवरोध, पेटको समस्या, रिसमा वृद्धि, मानसिक पीडा, आन्तरिक शत्रुमा वृद्धि ।
- मकर राशिः दाम्पत्यमा तनाव, खर्च वृद्धि, मन अशान्त, खुट्टामा दुःखाई, कम्मरमा दुःखाई ।
- कुम्भ राशिः आयमा वृद्धि, सम्मानमा वृद्धि, विद्याध्ययनमा अवरोध, बोली तिव्र, रोग एवं शत्रुको सामना ।
- मीन राशिः रिसमा वृद्धि, सम्मान एवं परिश्रममा अवरोध, आयमा वृद्धि, मन अशान्त ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस