नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द
- गाउँ सहर संवाददाता
- ८ बैशाख मंगलबार, २०८३ | १७:४९:०० मा प्रकाशित
काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने सोमबारको तुलनामा सामान्य बढेको छ। आज ३४७ वटा स्क्रिप्सको १ करोड ३० लाख १९ हजार ५५ वटा कित्ता सेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन तीनवटा कम्पनीको सेयर १५ प्रतिशतले बढ्यो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशतले बढेको हो।
कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको १०.३८ प्रतिशतले बढ्यो। दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.७१ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सले ३० करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले २३ करोड,होटल फरेस्टी इनले २२ करोड र एसवाइ प्यानल नेपालले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
होटल्स एण्ड टुरिजमबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। होटल्स एण्ड टुरिजम समूहको उपसूचक १.१६ प्रतिशतले बढ्यो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस