टेलिकमको ग्रुप एसएमएस सेवा, १० हजार ओटासम्म सामूहिक सन्देश पठाउन सकिने
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण सोमबार, २०८२ | १२:२८:०० मा प्रकाशित
काठमाडौँ। नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ। यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार ओटासम्म सामूहिक सन्देश पठाउन सकिन्छ।
एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिले देखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ।
यस अन्तर्गत रु. १,२४३ मा २ हजार एसएमएस, रु. ३,१०८ मा ५ हजार एसएमएस र रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले बताएको छ।
यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट groupsms.ntc.net.np लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ।
ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिने कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस