रौतहटको गौरमा कफ्र्यु आदेश जारी
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण शनिबार, २०८२ | १३:५१:०० मा प्रकाशित
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्र्यु आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि कफ्र्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।
पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्र्यु लगाइएको उनले बताए ।
कफ्र्यु लगाइएको क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार साँझ भएको ६ बुँदे सहमति विपरित शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त भए पछि कफ्र्यु जारी गरिएको हो ।
बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन् ।
शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर-३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ ।
शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याइएको थियो ।
बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस