गाउँ सहर
बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदै
- गाउँ सहर संवाददाता
- ११ असोज शनिबार, २०८२ | ०६:०५:०० मा प्रकाशित

काठमाडौँ । नेपालीहरुको महान पर्व बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदै छ ।
दुर्गा भवानीका नौ रुप मध्ये पाँचौँ स्कन्दमाताको हो । नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौँ दिन स्कन्दमाताको पूजा गरिँदै छ ।
राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ। साथै देशका धेरै धार्मिक स्थलहरूमा आज भिड थामिनसक्नु हुन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
- ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना
- आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदै
प्रतिकृया दिनुहोस