काठमाडौँमा कर्फ्युको समय पुनः बढाइयो
- गाउँ सहर संवाददाता
- २४ भदौ मंगलबार, २०८२ | ०७:१४:०० मा प्रकाशित

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको कर्फ्यु आदेशमा शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी रहनेछ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष
- ललितपुरमा मध्यरातिसम्म यी ठाउँमा कर्फ्यू
- आजबाट सरकारको औचित्य समाप्त : शेखर कोइराला
- गृहमन्त्री लेखकले दिए राजीनामा
- जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु
- त्रिविले सार्यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
- सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
प्रतिकृया दिनुहोस