सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- गाउँ सहर संवाददाता
- २९ श्रावण बिहीबार, २०८२ | १५:५०:०० मा प्रकाशित

काठमाडौं । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंकले बढेको हाे ।
याे वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएकाे छ । कारोबारका क्रममा बजारले दुई पटकसम्म २८ सय अंक नाघे पनि १ : ४० बजेपछि केही घट्न गयो ।
बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
१०८ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो । अन्य समूह १ प्रतिशतभन्दा धेरै बढ्यो भने अरु सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटे । विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढे ।
नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.५६, राधि विद्युतको ४.४३ तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो ।
नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस