दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
- गाउँ सहर संवाददाता
- ८ श्रावण बिहीबार, २०८२ | २१:१२:०० मा प्रकाशित

पोखरा । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ ।
रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा बिहीबार हस्ताक्षर सम्पन्न भएकाले परियोजना सञ्चालन हुने भएको हो ।
पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गदै वा अध्ययन गर्न छोडेका किशाेरकिशाेरी र फरक क्षमता भएकासमेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रअ शेखरनाथ शर्मा, गोगन माविका प्रअ मोहनराज बराल, पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए ।
आठ लाख रुपैयाँ खर्च हुने उक्त कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले व्यवस्था गर्नुपर्ने भएकाले स्थानीय तह र संघसंस्थाले सहयोग गर्ने अपेक्षा आफूहरुले राखेको अध्यक्ष भण्डारीले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस